Like us!
Follow us!

सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

सिद्धार्थ बैंकको नाफा ५४.१२ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं -

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा बैंकको योनाफा ५४.१२ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ८३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

सो अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६.०२ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड पैयाँ सिमित भएको छ । गत वर्षको सोहि अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब १८लाख थियो  ।

यस्तै बैंकको सञ्चालन नाफा भने ५०.७५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड पुगेको छ । समिक्षा अवधिसम्म बैंकको संचालन मुनाफा १ अर्ब ९७ करोड सिमित थियो ।

हाल चुक्ता पूँजी १० अर्ब ९६  करोड रहेको बैंकको जगेडा कोषमा ८० करोड ४९ लाख रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा छ । 

 बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

608772a5bccc0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।