लगानी खबर, काठमाडाैं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ९५.६८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६३.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि २ करोड २२ लाख रुपैयाँबाट बढेर २ करोड ३३ लाख रूपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ, जगेडा कोषमा ४ करोड ७४ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।