लगानी खबर, काठमाडौं - बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ११ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिसम्मको तुलनामा १७.३५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ६ करोड ६ लाख रुपैयाँ रहेको थियो।
यस्तै, कम्पनीको सञ्चालन मुनाफा ६ करोड ४८ लाख रुपैयाँमा रहेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीको यस्तो मुनाफा ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो । कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि घटेर ८ करोड ७७ लाख रुपैयाँ सीमित बनेको छ । गत वर्ष यस्तो आम्दानी १२ करोड ११ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको चुक्ता पूँजी ८२ करोड ८९ लाख रहेको छ भने जगेडा कोष ४१ करोड १२ लाख रुपैयाँ भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.६४ रुपैयाँ रहेको छ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।