लगानी खबर, काठमाडाैं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ४.८९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १००.९७ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले १ अर्ब १० करोड एक लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे बिमा कोषको आकार पनि १४८.९५ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा १ अर्ब ४० कराेड ४५ लाख ८९ हजार रुपैयाँ थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ७ रूपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।