Like us!
Follow us!

एनआईबिएल समृद्धि फण्ड-२ आजदेखि खुल्यो, कति दिने आवेदन ?

एनआईबिएल समृद्धि फण्ड-२ आजदेखि खुल्यो, कति दिने आवेदन ?

लगानी खबर, काठमाडौं –  एनआईबिएल एस क्यापिटलले आज (वैशाख १३ गते, साेमबार) देखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे । 

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

फन्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6086512f03a0f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।