Like us!
Follow us!

सोमबार सुनको मुल्य कति ?

सोमबार सुनको मुल्य कति ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो (आइतबार) तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार पनि सोही मूूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोहि मूूल्यमा कारोबार भएको छ ।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।