Like us!
Follow us!

लक्ष्मी लघुवित्तको नाफासँगै अघिकांश सूचकमा चमक

लक्ष्मी लघुवित्तको नाफासँगै अघिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५९.४३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ९ करोड ८९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५९.९८ प्रतिशतले बढेर २४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ५५ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३०.६० प्रतिशतले बढेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ र जगेडा कोषमा ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

608642f6033b9.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।