Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित

आइएमई जनरल इन्स्योरेन्सको लाभांश पारित

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कारोना महामारीका कारण नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेगरेसँगै सभा जुमको माध्यामबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । आर्थिक वर्ष २०७७र७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको जारी पूँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका एजेण्डा पारित भएका छन् ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।