लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय १९ रूपैयाँ रहेकाे छ ।
बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ३४.७४ प्रतिशत लाभांश (३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर एक लाख ४ हजार भन्दा माथी पुगेकाे छ ।
यस्ताे छ कुमारी बैंक लिमिटेडको १० वर्षको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४४ प्रतिशत नगद गरि कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११ प्रतिशत बाेनस र ०.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १.१ प्रतिशत नगद गरि कूल २२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८.५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.८५ प्रतिशत बाेनस र ३.१५ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।