लगानी खबर, काठमाडौँ - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १९१.५६ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा संस्थाले २ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११३.२० प्रतिशतले बढेर १२ करोड ५ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड २२ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११९.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड ४२ लाख ५ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।