Like us!
Follow us!

टेकसाथी तेस्रो वर्षमा प्रवेश

टेकसाथी तेस्रो वर्षमा प्रवेश

लगानी खबर, काठमाडौं - टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ । स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल टेकसाथी तेस्रो वर्षमा प्रवेश गरेको हो । तेस्रो वर्ष प्रवेशको अवसरमा कम्पनीले यसै वर्षदेखि विद्यार्थी, नवप्रवर्तन व्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । 

वर्तन व्यवसाय र उनीहरूका गतिविधि एवं नेपाली उत्पादनको प्रवर्द्धनमा पनि टेकसाथीले आफूलाई उभ्याएको छ । नेपालमा सूचना प्रविधिको क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रम एवं कार्यशालाको जानकारी पनि टेकसाथीले दिँदै आएको छ । 

यसका साथै कम्पनीले एशियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडिएपिटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ । कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटकपटक प्रस्तुत गरिसकेको छ । 

टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पुर्याउँदै आएको छ । त्यस्तै, यस कम्पनीले सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधि उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको छ । नेपाली बजारमा उपलब्ध हुने नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई सबैभन्दा पहिले टेकसाथीले जानकारी गराउने गरेको छ । 

नेपालमा नवीन व्यवसाय गर्नेको संख्या बढिरहेको अवस्थामा टेकसाथीले उनीहरूको बलियो समर्थकका रूपमा आफूलाई अघि सारेको कम्पनीले जनाएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।