Like us!
Follow us!

सिद्धार्थ इक्वीटी फण्डको सूचीकृत कम्पनीमा लगानी बढ्यो

सिद्धार्थ इक्वीटी फण्डको  सूचीकृत कम्पनीमा लगानी बढ्यो

लगानी खबर, काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७७ साल चैत्र  मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ९९ पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा ०.९३ रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ०६ पैसा रहेकाे थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ५१ करोड ४८ लाख ६३ हजार रुपैयाँ  पुगेकाे छ । उक्त लगानी  फागुन मसान्तकाे तुलनामा १० करोड ५४ लाख ५५ हजार रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ४० करोड ९४ लाख ८ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै,  फण्डले विभिन्न प्रकारका ६२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

608500014aeba.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।