Like us!
Follow us!

कुमारी बैंकको नाफा ७८.५८ प्रतिशतले बढ्यो, पिई रेसियो कति ?

कुमारी बैंकको नाफा ७८.५८ प्रतिशतले बढ्यो, पिई रेसियो कति ?

लगानी खबर, काठमाडौं - कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज आइतबार प्रकाशित विवरण अनुसार विवरणअनुसार संस्थाको खुद नाफामा उल्लेखिय वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि वृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ करोड ५० लाख रहेकोमा अहिले यो समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २०८५.१५ प्रतिशतले वृद्धि भएर ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्ष त्यो ३९.०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी संगै सञ्चालन मुनाफामा भने वृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४४.८३ प्रतिशतले वृद्धि भएर ५ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैया १३ पैसा रहेकोमा अहिले त्यो वृद्धि भएर १७ रुपैयाँ ३७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १८.८८ गुणा रहको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

60850058c97ec.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।