लगानी खबर, काठमाडौं - गत साता एतिहासिक बनेको नेपाली सेयर बजार यस साता भने खासै सुखद रहेन । देशभर काेराेना भाइरसकाे त्रास फैलिँदा त्यसकाे असर पुँजी बजारमा पनि देखिएकाे छ । यस साता नेप्से परिसूचकसँगसँगै अधिकांश सूचकमा गिरावट देखिएकाे छ । यस साता ५ दिन खुलेको बजारमा ३ दिन बजार घटेकाे थियाे भने बाँकी २ दिन नेप्सेले उकालाे यात्रा तय गरेकाे थियाे ।
यस साता नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६ सय ४८ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ६१ दशमलव ४ अंकले बढेर २७ सय ३५ दशमलव ३९ विन्दुमा रोकिएको थियो ।
यस साता कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेका छन् ।
नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि यस साता घटेकाे छ । गत साता औसतमा दैनिक ७ अर्ब ७९ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ४६ कराेडकाे मात्र माथीको कारोबार भएको छ ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३७ खर्ब ८७ अर्ब रहेको बजार पुँजीकरण यस साता १ खर्ब २० अर्ब रुपैयाँले घटेर ३६ खर्ब ६६ अर्बमा झरेकाे छ ।
यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा रहेका छन् ।
सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा ७ कम्पनीको ४ करोड ५ लाख ५१ हजार ५११ दशमलब २९ कित्ता सेयर सूचिकृत भएको हो । जसमध्ये ५ कम्पनीको बोनस सेयर र बाँकी ३ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।