लगानी खबर, काठमाडौं - समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशतले धेरै हो। गत वर्षकाे यही अवधिमा संस्थाले ३ कराेड ३८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ९५.०३ प्रतिशतले नै बढेर १ अर्ब भन्दा माथी पुगेकाे छ । गत वर्षकाे यही अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ५३ कराेड १८ लाख रूपैयाँ मात्र थियाे । त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६१.३० प्रतिशतले बढेकाे छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २२ कराेड ९३ लाख ४० हजार रुपैयाँ र जगेडा कोषमा १३ कराेड ५० लाख ११ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३८ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।