Like us!
Follow us!

नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

लगानी खबर, काठमाडौं - यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये ५ कम्पनीको बोनस सेयर र बाँकी ३ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

यस साता नेप्सेमा सूचिकृत भएकाे सेयर विवरण यस प्रकारकाे छ :

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस सेयर

नागरिक लगानी कोषको एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर 

गरिमा विकास बैंक लिमिटेडको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस सेयर 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको एक करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर 

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर 

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर 

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको एक लाख ४१ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।