Like us!
Follow us!

२४ घण्टामा २५ सय भन्दा बढी संक्रमित थपिए

२४ घण्टामा २५ सय भन्दा बढी संक्रमित थपिए

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । ९ हजार ६६४ जनाको परिक्षण गर्दा  २५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो  । 

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या दुई लाख ७६ हजार ७५५ जना पुगेको छ  ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्  ।

बितेको २४ घण्टामा प्राप्त रिपोर्ट अनुसार ५ जनाको मृत्यु भएको छ  । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।