Like us!
Follow us!

यस साता १२ सयले बढ्यो सुनको मूल्य

यस साता १२ सयले बढ्यो सुनको मूल्य

लगानी खबर, काठमाडौं - नेपाली बजारमा यस साता पनि सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो साता पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९१ हजार २ कायम भएको छ । 

त्यस्तै, यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । 
 

6082a52c706ca.PNG 6082a52fd50b3.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।