Like us!
Follow us!

सारथी नेपाल लघुवित्तको सेयर बिक्रीमा

सारथी नेपाल लघुवित्तको सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ ।

संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न चाहने विद्यामान संस्थापक सेयरधनीहरुले बैशाख १७ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ त्यसैले बोलपत्र पेश गर्दा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरको बिक्री प्रबन्धकको का एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

60828c52c6525.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।