Like us!
Follow us!

एनएमबि फिफ्टीको खुद सम्पत्ति बढ्यो

एनएमबि फिफ्टीको खुद सम्पत्ति बढ्यो

लगानी खबर, काठमाडौं - एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीले २०७७ साल चैत्र  मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ५७ पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा १ रुपैयाँ २ पैसाले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ३७ पैसा रहेकाे थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ३७ करोड १२ लाख ९  हजार १९४ रुपैयाँ  पुगेकाे छ । उक्त लगानी  फागुन मसान्तकाे तुलनामा  ११ करोड ९३ लाख ५९ हजार ५८० रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब २५ करोड १८ लाख ४९ हजार ६ सय १४ रुपैयाँ लगानी गरेकाे थियाे ।  
त्यस्तै,  एनएमबि म्युचुअल फण्डले विभिन्न प्रकारका ४८ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

608273ab0c29e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।