लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन गरेको भएको छ । कम्पनीले बोनसपछि अब सर्वसाधारणको सेयरको ४९ प्रतिशत र संस्थापकहरुको सेयर स्वामित्व ५१ प्रतिशत बनाउने निर्णय गरेको हो ।
विहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर पश्चात कायम चुक्ता पूँजीमा संस्थापक सेयरधनीको स्वामित्व ६०% बाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ४० प्रतिशत बाट ४९ प्रतिशत पुर्याइ संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम गर्ने निर्णय गरेको हो ।
कम्पनीको वार्षिक सभा जेठ 2 गते बाराको होटल ईच्छा सिमरामा हुँदैछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले १९ गते सेयर पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।