Like us!
Follow us!

सुनकाे मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ काराेबार ?

लगानीखबर काठमाडौं,  नेपाली बजारमा पछिल्लो केही दिन देखी लगातार घटिरहेको सुनको मूल्य आज पनि ओरालो लागेको छ । 

आज (बुधबार) छापावाला सुनको मूल्य तोलाको ४ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सयले  घटेर ९७ हजार २ सय रुपैयाँ पुगेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।