Like us!
Follow us!

बिहीबार २४ सय ४८ जनामा कोरोना संक्रमण

बिहीबार २४ सय ४८ जनामा कोरोना संक्रमण

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ९२ हजार १५२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १० हजार ४४८ जनाको परिक्षण गर्दा  २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । १० हजार १ जनाको पिसिआर र ४४७ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

आज २५२ जना संक्रमणमुक्त भएका छन् भने थप 5 जनाको मृत्यु भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।