Like us!
Follow us!

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुवात

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुवात

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो ।

वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि दर्ता भएको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुनेछ । त्यस्तै गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत नै जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ । - रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।