लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेकाे छ । नेप्से १.२२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.२१ अंकले घटेर ४७३.३९ मा पुगेको छ ।
बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय २६ रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा क्रमश: महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, हिमाल दाेलखा हाइड्राेपावर, युनियन हाइड्राेपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपि पावर कम्पनी, छ्याङ्दी हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावर र हिमालयन उर्जाका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।