Like us!
Follow us!

३२.४१ अंकले घट्यो सेयर बजार, ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

३२.४१ अंकले घट्यो सेयर बजार, ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) फेरि सेयर बजार घटेकाे छ । बुधबार नेप्से दाेहाेराे अंकले घटेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेकाे छ । नेप्से १.२२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.२१ अंकले घटेर ४७३.३९ मा पुगेको छ ।

कूल २१४ वटा कम्पनीकाे एक कराेड ३७ लाख ८७ हजार २ सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २ सय ३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार ४ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ज्याेति लाइफ इन्स्याेरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक  र हिमाल दाेलखा हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 हेराैं आजकाे सेयर तालिका :

607ff1ffaa037.jpg 607ff20569cf2.jpg 607ff20d23810.jpg 607ff214a5abc.jpg 607ff21c4054d.jpg 607ff2240db07.jpg 607ff22b14f91.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।