Like us!
Follow us!

लगानीकर्तालाई खुसीको खबर : मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

लगानीकर्तालाई खुसीको खबर : मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

लगानी खबर, काठमाडौँ - मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले वैशाख ५ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ बिक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।