लगानीखबर, काठमाडौं– दुई दिन देखी लगातार बढेको शेयर बजार आज पनि उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.३४ अंकले बढेर एक हजार ४४०.९४ मा पुगेकाे छ । नेप्से ०.६५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर २९३.९७ मा पुगेको छ ।
कूल १८९ वटा कम्पनीकाे ३९ लाख ४० हजार ६ सय ९१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।
त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको २८ कराेड ७४ लाख ५ हजार ८ सय ८९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।