Like us!
Follow us!

राधा पोखरेलले किन गरिन् मुकुन्द चालिसेको तारिफ ?

लगानी खबर, काठमाडौं - नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले दृष्टिबिहिन लगानीकर्ता तथा रुपन्देही जिल्ला संयोजक मुकुन्द चालिसेलाई सम्झिएकी छिन् ।

उनले समृद्ध नेपाल लगानी समुह र नेपाल पुँजीबजार लगानीकर्ता संघ जिल्ला रूपन्देहीकाे आयाेजनामा अपाङ्गता भएका व्यक्तिहरूले पूँजीबजारमा लगानी गर्दा हुने समस्या लगायत बजारका समस्या र समाधानका विषयमा भएकाे अन्तर्क्रियामा बाेल्दै दृष्टिबिहिन लगानीकर्ता मुकुन्द चालिसेकाे तारिफ गरेकी हुन् ।

उनले आफू अध्यक्ष बन्दै गर्दा २ वर्ष अगाडि पुँजी भएर पनि बजारमा भित्रिन नसकेका लगानीकर्ताहरूलाई कसरी हुन्छ सातै प्रदेशबाट संगठन विस्तार गरेर बढी भन्दा बढी लगानीकर्तालाई भित्र्याउँछु भनेको सम्झँदै साेही मातहतमा रहेर मुकुन्द चालिसे पनि जाेडिएका बताएकी छिन् । उनले चालिसेले सक्रिय भएर काम गर्दा आफूलाई एकदमै धेरै खुसी लागेकाे बताएकी छिन् ।

अन्तर्क्रियामा बाेल्ने क्रममा उनले नियामक निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई लगानी गर्न सहज हुने गरि नीति नियम बनाउनुपर्ने जाेड दिएकी छिन् ।

भिडियाे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।