Like us!
Follow us!

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, थप १२ सय ८१ मा संक्रण पुष्टि

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, थप १२ सय ८१ मा संक्रण पुष्टि

लगानी खबर, काठमाडौं - नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेको छ  । 

पछिल्लो २४ घण्टामा १२ सयभन्दा  बढी संक्रमित थपिएका छन्  । सोमबार थप एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।  

बितेको २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परिक्षण गर्दा एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये, ७ हजार १ पिसिआर विधिबाट र ५ सय ४७ जनाको एन्टीजेनबाट परिक्षण गरिएको छ ।

यस्तै बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । एक हजार २ सय ८१ संक्रमित थपिँदा २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।