लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुग्दा सेयरबजार राताम्मै हो ।
घटेको बजारमा आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नागरिक लगनी कोष रहेको छ । आज कोषको २८ कारोड ३४ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाइड्रोपावर, चन्द्रागिरि हिल्स, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक र मञ्जुश्री फाइनान्स रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।