Like us!
Follow us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार राताम्मै भएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ मा पुगेकाे छ ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ६ सय ८३ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: महिला लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट, लिबर्टी इनर्जी, गाेर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, कालिका लघुवित्त, पाेखरा फाइनान्स र नेपाल हाइड्राे डेभलपर्सका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

607d4f29a992a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।