लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा पुग्दा सेयरबजार राताम्मै हो ।
दोहोरो अंकले घटेको बजारमा आज चन्द्रगिरि हिल्स लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य २ सय ३८ रुपैयाँले घटेर २ हजार १ सय ७१ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: सप्तकोशी डेभलपमेण्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स, रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, सिद्धार्थ बैंक, बेष्ट फाइनान्स, कामना सेवा विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन र सिन्धु विकास बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।