Like us!
Follow us!

राताम्मै सेयर बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार

राताम्मै सेयर बजारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ - आज (साेमबार) पनि सेयर बजार राताम्मै देखिएकाे छ । गत साता ३ दिन भएकाे काराेबारमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएकाे नेप्सेले यस साता भने हिजाेबाट नै ओरालाे यात्रा तय गरेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ मा पुगेकाे छ । नेप्से १.३९ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.०६ अंकले घटेर ४७९.१० मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड ४२ लाख ७ सय ६८ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७६ करोड ६८ लाख एक हजार २ सय २४ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १३ जलविद्युत र फाइनान्सबाहेक बाँकी सबै उपसमूहकाे सेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, साेमबार काराेबार रकमकाे आधारमा नागरिक लगानी काेषले अग्रता कायम गर्न सफल भएकाे छ । काेषकाे २८ कराेड ३४ लाख ४७ हजार एक सय ९७ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।  साेमबार ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा चन्द्रागिरी हिल्सका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

           हेराैं आजकाे सेयर तालिका :

 

607d4efa4a1a2.jpg 607d4f00301db.jpg 607d4f0747646.jpg 607d4f0ef2c98.jpg 607d4f168bdeb.jpg 607d4f29a992a.jpg 607d4f339ea44.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।