Like us!
Follow us!

अपी पावरको चन्द्रनिगाहपूर सौर्य आयोजना वैशाखभित्रै सम्पन्न हुने

अपी पावरको चन्द्रनिगाहपूर सौर्य आयोजना वैशाखभित्रै सम्पन्न हुने

लगानी खबर, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडद्धारा निर्मार्णाधिन ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य आयोजना वैशाख महिना भित्र सञ्चालनमा आउने भएको छ । अहिले यसको अन्तिम चरणमा कामहरु द्रुत गतिमा भैरहेको छ ।

यो आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारणमा जडान हुनेछ । यो आयोजना EPC Model अन्तर्गत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसैगरी कम्पनीले ढल्केबर र सिमरामा १–१ मेगावाट र क्षमताको अर्का आयोजना निर्माण सुरु गरेको छ ।

कम्पनीले यी आयोजनाहरु केही महिना भित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीकाबीच मिति २०७५ साउन २७ गते निजि क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो । सम्झौता अन्तर्गत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन् । यस अन्तर्गत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मे.वा.विद्युत उत्पादन गरिनेछ ।

यी आयोजनाहरुको निर्माण अवधी १० महिना रहेको छ । नेपालमा निजी क्षेत्रबाट प्रर्वधित यी पहिला आयोजना हुन्। यस आयोजनाबाट उत्पादित बिद्युत नेपाल विद्युत प्राधिकरण ११ के.भी. र ३३ के.भी. प्रशारण लाइनमा जडान गरिनेछ । यी आयोजनाको विद्युत खरिद बिक्री दर रु. ७.३० प्रति युनिट रहेको छ । 
 
यी आयोजनाहरुको निर्माण पछि अपि पावर कम्पनीसँग ५६.५ मे.वा. जलविद्युत तथा १८.५ मे.वा सौर्य गरी जम्मा ६२.५ मे.वा. का आयोजनाहरु रहने छन् । यस आयोजनाको निर्माण सम्पन्न गरेपछि कम्पनीको नाफामा उल्लेखित रुपमा बढ्नेछ र शेयरधनीहरुले मुनाफा वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।