लगानी खबर, काठमाडौं - लामो समयदेखि ब्रोकर कम्पनी तथा क्यापिटलहरू गैरजिम्मेवार बने भनेर चौतर्फी आलोचना भइरहेको छ । कुनैपनी संस्था स्थापना भइसकेपछि आफ्ना सेवाग्राहीहरूकाे कुरा सुन्नु पनि उक्त संस्थाकाे दायित्वभित्र पर्दछ । यसै अर्थमा हेर्दा ब्रोकर कम्पनी तथा क्यापिटल कम्पनीहरूले पनि आफ्ना सेवाग्राहीहरूकाे कुरा सुनी उनीहरूको चासो मेटाउनु पर्ने हो । तर नेपालमा भने यस्ता प्रकारका संस्थाहरूले आफ्ना सेवाग्राहीहरूको आवाज सुनिएको कमै मात्रामा देख्न र सुन्न पाइन्छ । यी संस्थाहरू लगानीकर्ताप्रति गैरजिम्मेवार बनेका छन् ।
पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्ने भनी स्थापित भइसकेपछि क्यापिटलहरूले सेवाग्राहीहरूको आवाज सुन्नुपर्ने हो । लगानीकर्ताहरू भनेका ब्राेकर तथा क्यापिटल कम्पनीहरूका ग्राहक हुन् । नेपालमा ग्राहकहरूलाई भगवान मान्ने प्रचलन छ । तर ब्राेकर कम्पनी र क्यापिटलहरूले भने आफ्ना सेवाग्राहीहरू अर्थात् ग्राहकहरूलाई वास्ता गरेकाे देखिन्न । यी संस्थाहरूकाे यस्ता रवैयाबाट दिक्दार भएका लगानीकर्ताहरूले पटक पटक सामाजिक सञ्जाल मार्फत् आक्रोश पोख्दै आइरहेका छन् । क्यापिटलहरू र पूँजीबजारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका धितोपत्र दलाल अर्थात् ब्रोकर कम्पनीहरू गैरजिम्मेवार बनेका लगानीकर्ताहरूको आरोप छ । उदाहरणका लागि हालै केही दिन अघिमात्र ब्रोकर नम्बर ३७ विरुद्ध उजुरी परेको थियो । ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटिज प्राइभेट लिमिटेडले सेयर बिक्री गरेको रकम एक महिनासम्म नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उजुरी परेको हो ।
याे मात्र नभएर अरू कारणहरू जस्तै : सेयर आफ्नाे खातामा नआएर, समयमा पैसा नहालिदिएर र अन्य विभिन्न समस्याकाे बारेमा ब्राेकर कम्पनीहरूसँग बुझ्न खाेज्दा ब्राेकर कम्पनीहरूले फाेन उठाइदिँदैनन् अनि यस्ता सामान्य कुराका लागि पनि लगानीकर्ताहरू ब्राेकर कम्पनीमा नै धाउन बाध्य छन् ।
आजकाल नेपालका अधिकांश क्यापिटलहरूले पनि सम्पर्क गर्न कयौँ पटक फोन गर्दा पनि उठाँउदैनन् । लगानीकर्ताहरूले केही काम विशेषले उक्त संस्थाहरूलाई सम्पर्क गर्न खोजेका हुन्छन् तर ती संस्थाहरू भनेको बेलामा सम्पर्कमा नआइदिँदा लगानीकर्ताहरूले अनेकौँ प्रकारका घाटा तथा नोक्सानी व्यहोर्नु परेको छ ।
लगानीकर्ताहरूले सामाजिक सञ्जालमा पोखेका आक्रोशको केही नमूना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।