Like us!
Follow us!

सेयर बजार लगानीको सुरक्षित क्षेत्र हो : लगानीकर्ता लता पौडेल

लगानी खबर, काठमाडौं - सेयर बजार लगानीको सुरक्षित क्षेत्र रहेकाे सेयर लगानीकर्ता लता पाैडेलले बताएकी छिन् । 

लगानीखबरकाे कार्यक्रम "द भ्वाइस अफ इन्भेष्टर्स" मा कुराकानी गर्ने क्रममा उनले सानादेखि ठुलासम्म सबैकाे पहुँच पुग्ने सेयर बजार लगानीको सुरक्षित क्षेत्र रहेकाे बताएकी हुन् । अझ महिलाहरूकाे लागि याे राम्राे क्षेत्र रहेकाे उनी बताउँछिन् । उनी भन्छिन्, "थैलीमा पैसा राख्ने महिलाहरू सेयर बजारमा आउनु जरूरी छ ।"

कुराकानी कै क्रममा उनले सेयर बजार ४५०० देखि ५००० सम्मकाे विन्दुमा पुग्ने अपेक्षा गरिएकाे बताएकी छिन् । बैंककाे व्याजदर घट्ने हाे भने बुलीस ट्रेन्ड अझै माथी जाने उनकाे भनाइ छ ।

त्यसैगरी, उनले ब्राेकर कम्पनीहरूलाई अभिभावककाे दर्जा दिएकी छिन् । लगानीकर्ताहरूले ब्राेकर कम्पनीहरूलाई नै विश्वास गरेर सम्पूर्ण कुराहरू सुम्पिने हुनाले उनीहरू आफ्ना अभिभावक समान रहेकाे उनले बताएकी छिन् ।

भिडियाे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।