Like us!
Follow us!

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

लगानी खबर, काठमाडौं - सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार)  बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।  शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार मात्रै एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।