Like us!
Follow us!

चन्द्रागिरी हिल्सको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक, बित्तिय अवस्था झनै कमजोर

चन्द्रागिरी हिल्सको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक, बित्तिय अवस्था झनै कमजोर

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज सोमबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक देखिएको  छ।

चालु आर्थिक वर्षको चैत १८ गते सम्ममा कम्पनीले १८ करोड ११ लाख  रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यो घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ९३ लाख रुपैयाँले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख  रुपैयाँ मात्र घाटामा थियो । कम्पनीको सञ्चालन मुनाफा घटेसंगै कम्पनीले व्यापक नोक्सानी व्यहोर्न परेको हो ।

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफामा ब्यापक कमि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कम्पनीले १४ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा हाँसिल गरेकोमा यो बर्ष भने कम्पनीको सञ्चालन नोक्सानी २ करोड ८१ लाख रुपैयाँ छ । 

कम्पनीको चुक्ता पूँजी  १ अर्ब ५३ करोड रूपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ८ लाख रूपैयाँ ऋणात्मक रहेको छ । चैत १८ गतेसम्ममा कम्पनीको इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेको छ ।   

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।