Like us!
Follow us!

समता घरेलु लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

समता घरेलु लघुवित्तले कसलाई चुन्यो सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । संस्थाको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

संस्थाले यही वैशाख ३ गतेदेखि लागू हुने गरी आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब समता घरेलु लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य आरबीबी मर्चेन्टमार्फत हुनेछ।

अबउप्रान्त संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बनधी सम्पूर्ण कार्य आरबीबी मर्चेन्टले गर्नेछ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।