Like us!
Follow us!

सेयर टिप्स : लगानीकर्ताले जान्नै पर्ने आधारभुत कुराहरू

लगानी खबर, काठमाडौं - सेयर बजारमा लगानीकर्ताहरू विभिन्न माध्यमबाट भित्रिने गर्दछन् । कतिपय लगानीकर्ताहरूलाई साना-साना कुराहरू पनि थाहा नभइरहेकाे हुन सक्छ । त्यसैले आज यहाँ हामी साना तथा थाहा हुनै पर्ने जानकारी दिनेछाैँ ।

आईपीओ भनेको के हो ?

कुनैपनी कम्पनीले पुँजी वृद्धी गर्नका लागि प्रथम पटक जारी गर्ने सेयरलाई प्राथामिक सेयर अथवा आईपीओ भनिन्छ । आईपीओ निष्कासन गरेपछि उक्त सेयरको स्वामित्व कम्पनीबाट लगानीकर्तामा स्थानान्तरण हुन्छ ।

एफपीओ भनेको के हो ?

पब्लिक कम्पनीहरुले एकपटक आईपीओ जारी गरिसकेपछि पुन पुँजी संकलन गर्ने फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्दछ भने त्यस्तो सेयरलाई एफपीओ भनिन्छ । एफपीओ जारी गर्दा कम्पनीको हैसियत हेरी प्रिमियम रकम थप गरिन्छ ।

हकप्रद सेयर भनेको के हो ?

कुनैपनि कम्पनीले तत्काल कायम रहेका सेयरधनीहरुलाई मात्र सेयर जारी गर्दछ भने त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ । हकप्रद मार्फत कम्पनीले आफ्ना सेयरधनीहरुलाई थप सेयर किन्नका लागि हक दिएको हो ।

बोनस सेयर भनेको के हो ?

कम्पनीका विद्यमान सेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गर्ने सेयरलाई बोनस सेयर भन्छि । यस्तो सेयर कम्पनीको मुनाफा, वितरण योग्य मुनाफा जगेडा कोष आदिबाट वितरण गरिनेछ । बोनस सेयर मार्फत कम्पनीहरुले आफ्नो पुँजी बढाउने गर्दछन् ।

जस्तो की तपाईंसँग कुनै कम्पनीको ३ सय कित्ता सेयर छ । अब उक्त कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गर्यो भने तपाईंको सेयर संख्या ३ सय ९० कित्ता सेयर हुन्छ । 

नगद लाभांश भनेको के हो ?

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई नगदमा दिइने प्रतिफललाई नगद लाभांश भनिन्छ ।

भिडियाे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।