Like us!
Follow us!

रुरु जलविद्युतको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

रुरु जलविद्युतको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

लगानी खबर, काठमाडौँ - रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (वैशाख ३ गते, शुक्रबार) बाँडफाँड भएकाे छ ।

 ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, मेराे सेयर, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडकाे वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।