Like us!
Follow us!

कोरोना संक्रमणको जोखिम बढ्यो, एकैदिन ५ सय भन्दा बढी संक्रमित थपिए

कोरोना संक्रमणको जोखिम बढ्यो, एकैदिन ५ सय भन्दा बढी संक्रमित थपिए

लगानी खबर, काठमाडौं - नेपाल कोरोना संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय दैनिक ५ सयभन्दा बढी संक्रमित फेला पर्न थालेको छ । बितेको २४ घण्टामा नेपालमा ५ सय  ३४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ लाख ८२ हजार ५४ जना पुगेका छ । यस्तै बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ भने १ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण जोखिम बढेसँगै स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा राखेको छ  ।

मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । 

अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल लगायत क्षेत्रमा भीडभाड नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।