Like us!
Follow us!

नेप्से २१ दशमलव ११ अंकले उकालो लाग्यो, आज २ अर्ब बढिको कारोबार

नेप्से २१ दशमलव ११ अंकले उकालो लाग्यो, आज २ अर्ब बढिको कारोबार

लगानीखबर, काठमाडौं– साताको दोस्रो दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’का अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक २१.११ अंकले बढेर एक हजार ४३१. ४५ मा पुगेको छ । 

नेप्से १.५० प्रतिसतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५२ अंकले बढेर २९३.०७ पुगेको छ । 

कुल १८२ ओटा कम्पनीको ४९ लाख १९ हजार ४५९ कित्ता खरिद बिक्ति हुँदा २ अर्व १३ करोड ६६ लाख ४७ हजार ७६८रुपियाको कारोबार भएको छ । 

स्टकका अनुसार १२ ओटा परिसूचकमध्यमा होटल समुहको परिसूचक घटेको छ भने बाकिँ समुह उकालो लागेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।