Like us!
Follow us!

फर्केर हेर्दा २०७७ : १८ कम्पनीको आईपीओ जारी, कुनमा कति पर्यो आवेदन ?

फर्केर हेर्दा २०७७ : १८ कम्पनीको आईपीओ जारी, कुनमा कति पर्यो आवेदन ?

लगानी खबर, काठमाडौं - वर्ष २०७७ मा सेयर बजारको यात्रा उत्साहपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समय लकडाउनबाट गुज्रीएको मुलुकमा सेयर बजारले भने नयाँ इतिहास रच्यो ।  लकडाउनका कारण लामो समय व्यापार, व्यवसाय ठप्प भए । यसले गर्दा समग्र अर्थतन्त्रलाई समेत ठूलो प्रभाव पार्यो ।  अन्य क्षेत्रमा लगानी खुम्चिएपछी सेयर बजारलाई भने यसले राम्रो प्रतिफल दियो । अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा आम लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडियो । जसले गर्दा सेयर बजारमा नयाँ उछाल देखियो । सेयर बजारले वर्ष २०७७ लाई उत्साहपूर्ण तरिकाले बिदाइ गरेको छ ।

प्राथमिक सेयर (आईपीओ)मा नयाँ लगानीकर्ता भित्रिएको हिसाबले यो वर्षलाई स्वर्णिम बर्ष मान्न सकिन्छ । एक बर्षको अवधिमै आईपिओ आवेदकको संख्या करिब चार गुणाले बढेको छ ।
केहि बर्ष अघिसम्म आईपीओ जारी गर्ने कम्पनीहरुलाई लगानीकर्ताहरु नपाएर पुँजी पुर्याउनै गाह्रो हुन्थ्यो तर अहिले कम्पनीले आईपीओ जारी गर्दा लगानीकर्ताले आईपीओ नपाउने अवस्था छ ।  अहिले आईपीओमा कम्पनीको माग भन्दा धेरै गुणा आवेदन पर्ने गर्दछ । 

२०७७ सालमा १८ कम्पनीले आईपीओ जारी गरेका छन् ।  कम्पनीले जारी गरेको आईपीओमा मागभन्दा धेरै आवेदन परेका छन् । जसले गर्दा धेरै लगानीकर्ताको हात खाली रहेको छ । यस वर्ष जारी भएको आईपीओमध्ये सबैभन्दा बढी आवेदन ज्योति लाइफ इन्स्योरेन्सको  आईपीओमा परेको छ । कम्पनीले  फागुन २१ गतेबाट जारी गरेको ६६ लाख कित्ता आईपीओमा १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका थिए । 

रुरु जलविद्युतको आईपीओ भने बाँडफाँड हुन बाँकी नै छ ।

यो वर्ष आईपीओ जारी गर्ने कम्पनीहरुमा कुनमा कति आवेदन पर्यो ? 

60757cf4e91cb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।