Like us!
Follow us!

अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव किन गर्यो स्थगित ?

अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव किन गर्यो स्थगित ?

लगानी खबर, काठमाडौं हकप्रद सेयरको प्रस्ताव हटाउदै, अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको सूचना फेरि प्रकाशन गरेको छ।  

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीको हिजो (चैत्र २५ गते, बुधबार) आकस्मिक बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको हो । 

कम्पनीले गत मंगलबार (चैत्र १७ गते) ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको थियो । तर यो हकप्रदको सूचना बाहिरिनु भन्दा अगावै कम्पनीको आक्रामक कारोबार भइरहेको थियो । सोही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सोबोन) ले छानबिन समिती गठन गरेको थियो ।

कम्पनीको तेस्रो वार्षिक साधारणसभा सभा वैशाख ७ गते मंगलबार, वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हल त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २४ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।