Like us!
Follow us!

किसान लघुवित्तको एफपीओले कति पायो रेटिङ ?

किसान लघुवित्तको एफपीओले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौँ - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थाले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हो । संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।