लगानी खबर, काठमाडौँ - रुरु जलविद्युत् परियोजना लिमिटेडकाे आईपीओ भर्ने लगानीकर्ताहरूलाई अहिले कम्पनीकाे आईपीओ कहिले बाँडफाँड हाेला भन्ने चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताहरूकाे साेही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओ बाँडफाँडकाे बारेमा बुझ्न निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले दिएकाे जानकारी अनुसार कम्पनीकाे आईपीओ यही शुक्रबारभित्र बाँडफाँड हुने भएकाे छ । हाल उक्त आईपीओकाे डाटा भेरिफिकेसन गर्ने काम भइरहेकाे छ । डाटा भेरिफिकेसन भइसकेपश्चात् प्री-अलाेटमेन्ट गरि शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भइरहेकाे हाे ।
कम्पनीले त्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ६१.६५ गुणा बढी हो । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।