लगानी खबर, काठमाडौँ - इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीकाे पाैष २४ गते शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँमा सम्पन्न भएकाे वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।