लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य प्रतिकेजी ४१० रुपैयाँ तोकिएको छ ।
महासंघले तोकेको यो मूल्य हालसम्मकै उच्च हो । संघले यसअघि कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रुपैयाँसम्म तोकेको थियो । संघका अध्यक्ष जंगबहादुर बिसीका संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको हो । मागको तुलनामा उत्पादनमा कमी भएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको उनले बताए ।
त्यसैगरी, जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यसअघि किसानले प्रतिकिलो अधिकतम २७० रुपैयाँमा पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।
कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।